Fri. Mar 29th, 2024

काठमाडाैँ । युगान्डाकी गायिका डे क्याप्टेन वियोन्से फाम्सीले पछिल्लो समयको चर्चित गीत ‘फुलबुट्टे सारी’को कभर भर्सन सार्वजनिक गरेकी छन् । उनले शुक्रबार डिका इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत राजनराज शिवाकोटीको उक्त गीत सार्वजनिक गरेकी हुन् ।
उनले गीतको भिडियो पनि सार्वजनिक गरेकी छिन् । भिडियोमा उनी स्वयंलाई फिचर गरिएको छ ।
उक्त भिडियोको निर्देशन, छायाँकन र सम्पादन डिका गुरूङले गरेका छन् । त्यस्तै। कलर करेक्सनको काम भने जोन राइले गरेका छन् ।
फाम्सीले नेपाली गीत गाएको देखेर बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले खुसी व्यक्त गरेका छन् । ‘कति राम्रो, कति मिठो, राम्री पनि कति । सुहाएको पनि उस्तै,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “नेपाली गीत संगीतलाई यस्तरी मन पराइदिएको यी गायिकालाई एकपटक भेटेरै धन्यवाद दिन पाए हुन्थ्यो जस्तो लाग्यो । युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कताबाट हो, केही थाहा छैन ।’
‘फूलबुट्टे सारी’ मदन कृष्णसँगै मार्मिक लामा, मिलन अमात्य र आरिष्मा शिवाकोटीले गाइसकेका छन् ।
गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

%d bloggers like this: