Fri. Apr 19th, 2024

काठमाडाैँ । सफल फिल्म ‘कबड्डी’को चाैथो सिक्वेल बन्ने भएको छ । दर्शकमाझ लोकप्रीय बनेको यस फिल्मको चाैथो सिक्वेल ‘कबड्डी ४’ निर्माण हुने भएको हो ।
यो फिल्म २०७८ मा रिलिज हुने समेत तय भएको छ । यद्यपी पूरा मिति भने तय गर्न बाँकी नै रहेको छ ।
रामबाबु गुरूङले नै निर्देशन गर्ने यो फिल्म बासुरी फिल्मसले निर्माण गर्न लागेको हो ।
यसका तीन वटा सिक्वेलमा लोकप्रीय कलाकार दयाहाङ राइ तथा बुद्धि तामाङ लगायतले लिड रोल पाएका थिए । नेपाली दर्शकमाझ कबड्डी, कबड्डी कबड्डी र कबड्डी कबड्डी कबड्डी लोकप्रीय  फिल्म हुन् ।
रामबाबु गुरुङ निर्देशित कबड्डीको तेस्रो सिक्वेलमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारले मुख्य भुमिका निभाएका थिए ।
२०७६ सालमा उक्त फिल्मले नेपाली फिल्ममध्ये सबैभन्दा धेरै व्यापार गरेको थियो ।

Leave a Reply

%d bloggers like this: