Fri. Apr 19th, 2024

काठमाडौँ । फिल्म ‘प्रतिशोध’ को सुटिङ सुरु भएको छ । बिहिबार भद्रकाली मन्दिरमा एक कार्यक्रमका बीच फिल्मको मुर्हूत गर्दै सुटिङ सुरु गरिएको हो । डिजिटल सिनेमाको प्रस्तुति रहेको फिल्मका निर्देशक शंकर अधिकारी घायल हुन् । लेखन समेत उनकै रहेको फिल्ममा अमन देव र गुरुसागर चौंलागाई निर्माता रहेका छन् ।
नयाँ कलाकारको बाहुल्य रहेको फिल्ममा रेनु थापा, रोशन विसी, विशाल अग्रवाल, कृतिका शर्मा, रविनश्री, पुष्पराज नेपाल, अमन देव, पदम सुनार, आरजे भिलेन, खगेन्द्र घिमिरेलगायतको अभिनय रहनेछ । फिल्मलाई पूर्वी नेपालका बिभिन्न भागमा खिचिने निर्देशक घायलले जानकारी दिए ।

Leave a Reply

%d bloggers like this: