Fri. Apr 19th, 2024

काठमाडाैँ । ‘कमेडी च्यापिम्यन २’को यहि २१ गतेबाट कान्तिपुर टेलिभिजनबाट शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट प्रशारण हुने भएको छ । आज पत्रकार सम्मेलनमा कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारीले कार्यक्रम प्रसारण हुन लागेको बताएका छन् ।
रेडियो कान्तिपुर तथा कान्तिपुर टीभीका स्टेशन म्यानेजर दिनेश डीसीले यो शोले दर्शकको मन जितेको भन्दै ५ बर्षसम्म निर्माण टिम र टेलिभिजनविच प्रशारणको संझौता भएको बताए । अभिनेत्री केकी अधिकारीले पहिलो सिजनमा आफू सधै नै आर्थिक दबाबमा रहेको बताउँदै अव यो दबाब नभएको बताइन् ।
कमेडी च्याम्पियनकी संचालिका रीमा विश्वकर्माले ‘कमेडी च्याम्पियन २’को गत वर्षको भन्दा राम्रो हुने बताईन् । यस वर्षमा निर्णायकहरुमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई रहेका छन् ।

Leave a Reply

%d bloggers like this: