Fri. Mar 29th, 2024

एजेन्सी । च्याम्पियन्स लिगको अन्तिक १६ अन्तर्गतको पहिलो लेगको खेलमा इंग्लिस क्लब चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई पराजित गरेको हो ।
चेल्सीकत्र जीतमा एकमात्र निर्णायक गोल फ्रेन्च फरवार्ड ओलिभर जिरूडले गरे । जिरूडले खेलको ६८ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । खेलको बाँकी समयमा थप गोल हुन नसक्दा जिरूडको गोलमा चेल्सी विजयी भयो ।
एट्लेटिकोको घरेलु मैदान स्वरूप रोमानियाको नेशनल एरेनामा खेल भएको थियो । अन्तिम १६ अन्तर्गतको दोश्रो लेग चेल्सीको घरेलु मैदानमा हुनेछ ।
उक्त खेलमा गोल रहित बराबरीको नतिजा निस्किए पनि अवे गोलको आधारमा चेल्सी अन्तिम ८ मा पुग्नेछ भने एट्लेटिको मड्रिडले स्पष्ट जीत निकाल्नु पर्नेछ ।
त्यस्तै, गएराती नै भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले पनि इटालियन क्लब लाजियो माथि ४–१ गोलको जीत दर्ता गरेको छ ।

Leave a Reply

%d bloggers like this: