Thu. Apr 25th, 2024

काठमाडौँ । शंकर कार्कीको निर्देशनमा बन्ने फिल्म ‘सत्यम्’मा अभिनेताको रुपमा पल शाह छनौट भएका छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको रुपमा उनलाई भित्र्याएको हो ।
केही अगाडि राजेश हमाल र अनुपविक्रम छानिएको फिल्ममा अहिले पल पनि थपिएका हुन् । कथावस्तु अनुसार फिल्मका लागि अहिले तीन हिरो छानिएको निर्माता रेशम सापकोटाले जानकारी बताए ।
राजेश हमाललाई आफ्नो आदर्श मान्ने पल यसै फिल्म मार्फत हमालसँग पहिलो पटक पर्दामा देखिदैछन् । श्याम मल्ल र गणेश पौडेल एशोसियट निर्माता रहेको फिल्म एक्सन जनरामा निर्माण हुन लागेको हो ।
फिल्मका लागि निर्माण युनिटले केही नयाँ कलाकार अडिसन मार्फत छनौट गर्दैछ । भर्चुअल आयोजना हुने अडिसनमा जुनसुकै स्थानबाट पनि सहभागी हुन सकिने निर्माण जनाइएको छ ।
रेशम गौतम र कृष्ण अधिकारी सह निर्माता रहेको फिल्ममा योगेश काजीको संगीत रहनेछ । बिदुर पाण्डे छायाँकन र अष्टमान महर्जनको द्वन्द्व रहनेछ ।

Leave a Reply

%d bloggers like this: