Sat. Apr 20th, 2024

काठमाडाैँ । यो वर्ष एक्सन जनरमा निर्मित २ वटा फिल्म प्रदर्शनको तयारीमा छन् । बलिउड र नेपाली फिल्म नै भएता पनि फिल्ममा केही समानताहरू छन् । फिल्मको एउटा समानता सिक्वेल हो । गत वर्ष रिलिज भएका दक्षिण भारतीय फिल्म ‘केजिएफ’को सिक्वेल ‘केजिएफ २’ले प्रदर्शनको तयारी स्वरूप टिजर सार्वजनिक गरेको छ ।
त्यस्तै, नेपाली फिल्म ‘लप्पन छप्पन’को सिक्वेल ‘लप्पन छप्पन २’ले पनि केही दिनअघि दोश्रो टिजर सार्वजनिक गरेको छ । २ वटै फिल्मका टिजरहरू रूचाइएका छन् । कोरोना भाइरसका कारण प्रदर्शन धकेलिएको ‘लप्पन छप्पन २’को सुटिङ पहिले नै गरिएको छ । उता केजिएफ २ को सुटिङ भने केही समय अघि मात्रै सकिएको हो ।
यी २ फिल्महरूमा अझै धेरै सिन सटहरू मिल्न सक्ने देखिएको छ । ‘केजिएफ २’ को टिजरमा एसले बन्दुकको नालमा चुरोट सल्काएको र ‘लप्पन छप्पन २’को दोश्रो टिजरमा साैगात मल्लले चुरोट सल्काएको सिन अांशिक रूपमा मिलेको जस्तो देखिएको छ ।
‘केजिएफ-२’ यश र संजयबाहेक श्रीनिधि शेट्टी र रविना टंडन फिल्मका मुख्य कलाकार हुन्। फिल्ममा अनन्त नाग, प्रकाश राज, माल्भिका अविनाश, अच्युत कुमार र अर्चना जोइस सहायक कलाकारका रुपमा देखिनेछन्।
अभिनेता यशको जन्मदिनको अवसरमा फिल्मको टिजर सार्वजनिक गरिएको थियो। सन् २०१८ मा प्रदर्शन भएको फिल्मको पहिलो भाग अत्यधिक चर्चित भएको थियो।
त्यस्तै, सार्वजनिक गरिएको टिचरमा साैगात मल्लले मात्र स्थान पाएका छन् । उनले सो फिल्मको टिजरमा सुपरस्टारको ट्याग समेत पाएका छन् । फिल्ममा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ ।
सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा छन् । पुरुषोत्तम प्रधानले खिचेको चलचित्र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।
‘केजिएफ २’ जुलाइ १६ तारिखमा रिलिज हुँदैछ भने ‘लप्पन छप्पन २’ चैत २७ गतेबाट देशभर प्रदशर्न हुँदैछ ।

Leave a Reply

%d bloggers like this: