Sat. Apr 20th, 2024

काठमाडाैँ । ‘लप्पन छप्पन–२’ को दोश्रो टिजर सार्वजनिक भएको छ । शुक्रबार उक्त फिल्मको दोश्रो टिजर सार्वजनिक गरिएको हो ।
‘लप्पन छप्पन–२’ को नयाँ रिलिज डेटसहित दोस्रो टिजर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो टिजर एक बर्ष अघि नै सार्वजनिक गरिएको थियो। २०७७ साल बैशाख १२ गते रिलिज हुने मिति तय भएपनि कोरोनाको कारण रिलिज मिति लगभग एक बर्ष धकेलिएको हो। चलचित्र नयाँ वर्षको छेको पारेर चैत २७ गतेदेखि रिलिज हुने भएको छ ।
शुक्रबार सार्वजनिक गरिएको टिचरमा साैगात मल्लले मात्र स्थान पाएका छन् । उनले सो फिल्मको टिजरमा सुपरस्टारको ट्याग समेत पाएका छन् । फिल्ममा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ ।
सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा छन् । पुरुषोत्तम प्रधानले खिचेको चलचित्र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

%d bloggers like this: