Fri. Apr 19th, 2024

काठमाडाैँ । सफल चलचित्र ‘लप्पन छप्पन’को सिक्वले ‘लप्पन छप्पन-२’को प्रदर्शन मिति सरेको छ । यसअघि शिवरात्रीको अवसरमा दशभरका हलमा रिलिज हुने बताइएता पनि फिल्मको प्रदर्शन मिति हेरफेर भएको हो ।
निर्माता तथा कलाकार गोविन्द शाहीले दिएको जानकारी अनुसार अब लप्पन छप्पन – २ चैत २७ गते रिलिज हुनेछ । एक्सन जनरमा निर्मित फिल्मा भिएफएक्स, कलरिङ, डबिङ र इडिटिङको काममा ढिलाइ हुँदा प्रदर्शन मिति हेरफेर गर्नु परेको निर्माता शाहीले बताएका छन् । भारतमा फिल्मको इडिटिङको काम भइरहेको छ ।
यो फिल्म युरोपमा विभिन्न देश तथा शहरहरूमा छायाँकन गरिएको छ ।
फिल्ममा सौगात मल्ल, अर्पण थापा अलवा दयाहाङ राई, अनुप विक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, गोविन्द शाही, देव कुमारलगायतका कलाकारहरुको पनि अभिनय छ ।
पुरुषोत्तम प्रधान छायाँकन रहेको सिनेमालार्ई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले मिलेर निर्माण गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: