Tue. Apr 23rd, 2024

काठमाडौंँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीको सभापतित्वमा गठन भएको ‘चलचित्र तथा मनोरञ्जन फोरम’ विस्तार गरिएको छ । महासंघको भवनमा आयोजित एक कार्यक्रमका बीच फोरम विस्तार गरिएको हो । जसमा सह सभापतिमा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान र नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर चयन गरिएको छ ।
नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष रविन्द्रकुमार रिजाल शशी, नेपाल चलचित्र कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, फिल्म निर्देशक मदन घिमिरे, चलचित्र निर्माता संघका सचिव अविराज ओझा, संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल, प्रस्तोता समाज नेपालका निवर्तमान अध्यक्ष तुलसी सदस्य चयन भएको फोरममा आमन्त्रित सदस्यहरु पनि चयन भएका छन् ।
आमन्त्रित सदस्यहरुमा सुभाष भण्डारी, केदार घिमिरे, रक्षासिंह राणा, इन्दिरा जोशी, नीता ढुंगाना, पवित्रा आचार्य, मन्जु पौडेल, दिनेश पाख्रिन, रचना श्रेष्ठ, प्रदीप श्रेष्ठ, सामिप्य तिमल्सिना, धमेन्द्र आचार्य, दिप्तप्रकाश अधिकारी, अमृत खड्का, शिव पुरी, खुशल रेग्मी, लोकराज अधिकारी, मेघराज मगराती, सुशान्तकुमार श्रेष्ठ, राजन श्रेष्ठ राखिएका छन् । फोरमको सल्लाहकारमा भने कलाकार नीर शाह, भोला रिजाल, निर्देशक राजेन्द्र सलभ, महासंघको पूर्व कार्यकारिणी सदस्य कमला श्रेष्ठ र प्रेमराज्यलक्ष्मी सिंह नियुक्त भएका छन् ।

Leave a Reply

%d bloggers like this: