Thu. Apr 25th, 2024

काठमाडाैँ । आज देशभर कोरोना भाइरस विरूद्धको खोप अभियान सुरू हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १० बजे भर्चुअल माध्यमबाट खोप अभियानको सुरू गर्दैछन् ।
नेपालमा कोरोना भाइरसको पहिलो खोप शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने छन् । उनीसँगै उक्त अस्पलातका सबै स्वास्थ्यकर्मीहरूले कोरोना भाइरसको खोप लगाउने बताइएको छ ।
भारतले नेपालका लागि १० लाख डोज कोरोना भाइरसको खोप अनुदानमा उपलब्ध गराएको छ । भारतले दिएको १० लाख डोजले ४ लाख ३० हजार जनालाई खोप लगाउन पुग्ने बताइएको छ ।
खोप लगाउनका लागि स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सरसफाइ कर्मचारीहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
आजबाट लगाउन सुरू हुने खोपबारे जान्नै पर्ने ५ कुराहरू…
१. नेपालका लागि भारतले १० लाख डोज ‘कोभिसिल्ड’ भ्याक्सिन उपलब्ध गराएको हो ।
२. भारतले दिएको उक्त खोपले ४ लाख ३० हजारलाई पुग्ने बताइएको छ ।
३. कोरोनाबाट पूर्ण सुरक्षित हुन यो खोपको दोश्रो डोज पहिलो डोज लगाएको २८ दिनभित्र लगाइसक्नु पर्नेछ ।
४. यो खोप १८ वर्षभन्दा माथिका व्यक्तिहरूले मात्र लगाउन मिल्छ ।
५. यो खोप लगाएपछि ज्वरो आउने, सुइ लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, टाउको दुख्ने र थकान लाग्नसक्ने जस्ता लक्षणहरू देखिन सक्छन् ।

Leave a Reply

%d bloggers like this: