Fri. Mar 29th, 2024

काठमाडाैँ । कमला घिमिरे, करूणा राइ र गोविन्द पाैडेलको ‘बरको छाँयाले’ गीत सार्वजनिक भएको छ । सोमबार इनाक्क्षी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।
गोविन्द पाैडेलको शब्द र संगीत रहेको गीतमा बाल गायिका कमला घिमिरेसहित करूणा राइ र गोविन्द पाैडेलको स्वर रहेको छ । त्यस्तै, गीतमा कृष्ण बिके (भाञ्जा)ले संगीत संयोजन गरेका छन् ।
गीतको भिडियोमा भाइरल भाइ सचिन परियार र राजेश हमाल सहित आयुषा गाैतम र करूणा राइको अभिनय रहेको छ ।
गीतको भिडियो कजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको हो भने राम कृष्णा चाैलागाइँले छायाँकन गरेका हुन् । मनोज जोशीले निर्माण गरेको भिडियोको सम्पादन दिपक विष्टले गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: