Sat. Apr 20th, 2024

एजेन्सी । भारत लगायत नेपालमा समेत लोकप्रीय टिभि प्रोग्राम ‘द कपिल शर्मा शो’ बन्द हुन लागेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
कोरोना भाइरसको महमारीमा बन्द भएको यो कार्यक्रम कोरोना रोकथामको नियम लागु गर्दै पुनः सुरू भएको थियो । पहिले हलभरी हुने दर्शकहरू कोरोना भाइरसको प्रकोपछि जान पाएका थिएनन् ।
तर, अबको केही महिनामा नै यो लोकप्रीय कार्यक्रम बन्द हुने रिपोर्टहरू सार्वजनिक भएका छन् ।
भारतको टेलिचक्करको रिपोर्ट अनुसार चाडै नै यो कार्यक्रम बन्द भएर केही नयाँ सोँच र कन्सेप्टका साथ प्रसारण हुने तयारीमा छ । त्यस्तै, कपिल शर्माले भने डिजिटल प्लाटफर्म ‘नेटफ्लिक्स’मा कपिल शर्मा शो समेटिने सामग्री इन्स्टाग्राममा सेयर गरेका छन् ।

Leave a Reply

%d bloggers like this: