Fri. Apr 19th, 2024

एजेन्सी । बलिउड नायक वरुण धवन तथा फेसन डिजाइनर नताशा दलालको आइतबार मुम्बईमा विवाह भयो । वरुण धवन आफैंले सोसल मिडियामा विवाहको तस्बिर सेयर गरेका छन् । उनले उनको जीवनभरीको प्रेम आधिकारिक भएको बताएका छन् । उनीहरुले विवाह गरेको स्थल मेन्शन हाउसमा क्यामरा र मिडियामाथि कडा प्रतिबन्ध लगाइएको थियो ।
विवाहबारे समाचार संकलन गर्न पुगेका मिडियाकर्मीका लागि वरुणले खानाको प्याकेट पठाएका थिए ।
वरूण धवनको विवाहस्थलमा कोरोना संक्रमण नफैलियोस् भनेर कोरोना परीक्षण गरिएको र पोजेटिभ देखिएकाहरूलाई फिर्ता पठाइएको बताइएको छ ।

Leave a Reply

%d bloggers like this: