Thu. Mar 28th, 2024

एजेन्सी । साउथ अभिनेता विजय सेतुपतिले १६ जनवरीमा आफ्नो ४३ औं जन्मदिन सेलिब्रेसन गरेका छन् । यो अवसरमा फ्यान तथा आफन्तले उनलाई शुभकामना तथा बधाई समेत दिइरहेका छन् । विजयले आफ्नो जन्मदिन निर्देशक पोनरामको नयाँ फिल्मको सेटमा मनाएका थिए । जुन तस्बिरलाई लिएर विवाद श्रृजना भएपछि उनले माफी समेत मागेका छन् ।
फिल्म सेटमा उनले फिल्मका कलाकार र टिपको उपस्थितिमा जन्मदिनको केक काटेका थिए । सोही क्रममा उनले केक चक्क्ले नभएर तरवारले काटेका थिए । सोही कारणले उनी विवादमा समेत फसे । विवाद बढ्दै जान थालेपछि उनले ट्वीटरमार्फत माफी समेत मागेका छन् । ‘म सबै फिल्मका हस्ती तथा फ्यानलाई मनैबाट धन्यवाद दिन्छु । जसले मलाई जन्मदिनको शुभकामना तथा बधाई दिनुभएको छ ।’ उनले लेखेका छन्– ‘तीन दिन पहिले सोशल मिडियामा जन्मदिन मनाएको एक तस्बिर आएको थियो । जुन विवादमा समेत मुछियो ।’
‘तस्बिरमा म तलवारबाट केक काटिरहेको छु’ उनले अगाडि लेखेका छन् ‘म निर्देशक पोनरामको फिल्म अभिनय गरिरेहको छु । फिल्ममा तरवारको महत्वपूर्ण भूमिका छ ।’ उनले फिल्मका टिमसँग जन्मदिन मनाउदा केक काट्न त्यही तरवार प्रयोग गरेको समेत खुलाएका छन् ।
‘कयौं मानिसले यो नराम्रो उदाहरण भनेका छन् । अब भने म सावधान रहन्छु’ उनले अगाडि भनेका छन् ‘यदि यसले कसैलाई चोट पुगेको छ भने माफी माग्दछु र आफ्नो क्रियाकलाप प्रति पछुतो गर्दछु ।’ विजय पछिल्लो समय फिल्म ‘मास्टर’को कारणले चर्चामा छन् । फिल्ममा थालापति विजयको पनि मुख्य भूमिका रहेको छ ।

Leave a Reply

%d bloggers like this: