Thu. Apr 25th, 2024

एजेन्सी । नेपाली एक समूहले हिमाल आरोहणमा इतिहास रचेका छन् । उनीहरूको समूले चिसो माैसमा संसारको दोश्रो अग्लो हिमाल माउण्ट केटु आरोहण गरेर रेकर्ड राखेका हुन् ।
यसभन्दा अघि कारकोरम रेन्जको यो पर्वतलाई यो महिनामा कसैले आरोहण गर्न सकेनन् । उनीहरू स्थानीय समय अनुसार शनिबार साँझ पाँच बजे शिखरमा पुगेका थिए ।
सुरुमा नेपाली पर्वतारोहीको तीनदेखि चार समूह माउन्ट केटूको आरोहणमा निस्किएको थियो । यसमा कूल ६० जना थिए । तर अन्त्यमा १० नेपालीको एक समूह बन्यो र यो ऐतिहासिक उपलब्धि नेपालको नाममा पर्यो ।
यो चिसो मौसममा दर्जनौं पर्वतारोहीले ८,६११ मिटर अग्लो पर्वत आरोह गर्ने आशा गरेका थिए । तर यसै सप्तान्हन्तमा स्पेनका पर्वतारोहीको आरोहणका बेला चिप्लिएपछि उनको मृत्यु भएको थियो ।
सगरमाथाभन्दा केटु २ सय मिटरमात्रै होचो छ । यो कारकोरम पर्वत श्रृङ्खलाको पहाड हो जुन पाकिस्तान–चीनको सीमामा फैलिएको छ ।

Leave a Reply

%d bloggers like this: