Thu. Apr 25th, 2024

काठमाडाैँ । साउथ इन्डियन फिल्म ‘मास्टर’ले ‘ओपनिङ डे’ मा नै धमाका मच्चाएको छ । कोरोना भाइरसको कारण प्रदर्शन मिति स्थगित गरेर बसेको यो फिल्मले अहिले सानदार सुरूवात गरेको हो ।
भारतीय बक्स अफिसमा मास्टरले एकै दिन ४० करोडको व्यापार गरेको छ । यो फिल्म विभिन्न ५ वटा भाषामा एकै पटक प्रदर्शन भएको थियो ।
भारतीयसँगै नेपाली बजारमा पनि मास्टरले डोमिनेट गरेको छ । ५० प्रतिशत अकुपेन्सीमा प्रदर्शन भएको यो फिल्मको हरेक शो हाउसफुल भएको वितरकहरूले बताएका छन् । नेपालभर यो फिल्म बिहीबारबाट प्रदर्शन भइरहेको छ ।
मास्टरले सानदार सुरूवात गर्ने लक्षण बुधबार नै देखिएको थियो । फिल्महलमा टिकट बुक गर्नेको भामिनसक्नु भीड भएपछि सञ्चालकले प्रहरीको सहायता नै माग्नु परेको थियो ।
नेपालका लागि यो फिल्म उज्जल न्याैपाने र मनोज राँठीले वितरण गरेका हुन् ।
फिल्मको नाम अनुसार मास्टरको भूमिमा अभिनेता विजयले नै निभाएका छन् । एक जना शिक्षकले आफ्ना विद्यार्थीहरूलाई आपराधिक क्रियाकलापमा संलग्न गराएको कथामा यो फिल्म निर्माण गरिएको छ ।
विजयसँगै यो फिल्ममा माल्भिका मोहनन्, एन्ड्रेड जेरेमिह, शान्थानु भाग्यराज, नसर लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।
 

Leave a Reply

%d bloggers like this: