Fri. Mar 29th, 2024

काठमाडाैँ । माघे संक्रान्तिको सार्वजनिक विदाको मौका छोप्दै बिहीवारबाट फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ देशभर प्रदर्शनमा आएको छ । दिपेश सापकोटा निर्देशित यो फिल्मलाई मल्टीप्लेक्सहरुले पर्याप्त सोज दिएका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र फिल्मलाई कूल १२ सोज बाँडेको छ । लकडाउनपछि प्रदर्शनमा आएको यो पहिलो नेपाली फिल्म हो ।
१ घण्टा ३५ मिनेट लम्बाईको फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्का, ध्रुव कोइरालालगायतको अभिनय रहेको छ । यही फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्तिले अभिनयमा डेब्यू गरेका छन् । फिल्मका प्रस्तुतकर्ता अभिनेता शिव श्रेष्ठ हुन् ।
त्यस्तै, बिहीबार नेपालमा अर्को फिल्म ‘मास्टर’को पनि प्रदर्शन सुरू भएको छ । विभिन्न पाँच भाषामा एकैपटक  प्रदर्शन भएको यो फिल्म नेपालमा भने हिन्दीमा प्रदर्शन हुँदैछ ।
फिल्मले नेपाली बजारमा ठूलो व्यापार गर्ने लगभग निश्चित छ । बुधबार अर्थात प्रदर्शनको एक दिन अघि यो फिल्मका लागि टिकट बुक गर्नेको ठूलो भीड नै लागेको थियो ।
नेपालका लागि यो फिल्म उज्जल न्याैपाने र मनोज राँठीले वितरण गरेका हुन् ।
फिल्मको नाम अनुसार मास्टरको भूमिमा अभिनेता विजयले नै निभाएका छन् । एक जना शिक्षकले आफ्ना विद्यार्थीहरूलाई आपराधिक क्रियाकलापमा संलग्न गराएको कथामा यो फिल्म निर्माण गरिएको छ ।
विजयसँगै यो फिल्ममा माल्भिका मोहनन्, एन्ड्रेड जेरेमिह, शान्थानु भाग्यराज, नसर लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।
 

Leave a Reply

%d bloggers like this: