Fri. Mar 29th, 2024

काठमाडाैँ । कोरोना भाइरसका कारण रिलिज हुन नपाएर स्थगित भएको साउथ फिल्म ’मास्टर’ १३ तारिखमा रिलिज हुने भएको छ । यो फिल्मको रिलिजको तयारी स्वरूप केही दिनअघि ट्रेलर समेत रिलिज गरिएको छ ।
एक्सन जेनरको फिल्ममा अभिनेता विजयलाई फिचर गरिएको छ । यो फिल्म विभिन्न ५ भाषामा एकैपटक रिलिज हुँदैछ ।  नेपालमा पनि बिहीबारबाट यो फिल्म रिलिज हुँदैछ । नेपालका लागि यो फिल्म उज्जल न्याैपाने र मनोज राँठीले वितरण गर्दैछन् ।
फिल्मको नाम अनुसार मास्टरको भूमिमा अभिनेता विजयले नै निभाएका छन् । एक जना शिक्षकले आफ्ना विद्यार्थीहरूलाई आपराधिक क्रियाकलापमा संलग्न गराएको कथामा यो फिल्म निर्माण गरिएको छ ।
विजयसँगै यो फिल्ममा माल्भिका मोहनन्, एन्ड्रेड जेरेमिह, शान्थानु भाग्यराज, नसर लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।
कोरोना भाइरसका कारण फिल्म हर्न र मनोरञ्जन लिन नपाएका दर्शकका लागि यो फिल्म नाैलो साैगात हुने वितरक द्वयले बताएका छन् । बिहीबारदेखि मास्टर नेपालभर प्रदर्शन हुँदैछ ।

Leave a Reply

%d bloggers like this: