Thu. Mar 28th, 2024

काठमाडाैँ । युटुबमा सार्वजनिक भएको १७ दिनमै ‘छक्का पन्जा ३’ले १ करोड दर्शकको माया पाएको छ । यो चलचित्रलाई सबैभन्दा छोटो समयमा युटुबमा १ करोड पटक हेरिएको छ । डिसेम्बर २३ मा युटुबमा रिलिज भएको चलचित्रले जनवरी ९ तारिखमा १ करोड भ्यूज पार गरेको छ । १७ दिनमा यो चलचित्रलाई १ करोड दर्शकले हेरेका छन् ।
चलचित्रका कलाकार तथा निर्माता दीपकराज गिरीले हलमा जस्तै युटुबमा पनि दर्शकले माया गरेकोमा खुशी व्यक्त गरे । दर्शकले युटुबमा पनि निकै प्रतिक्षा गरेकाले र सकारात्मक प्रतिक्रिया पाएकाले पनि भ्यूजमा नयाँ रेकर्ड बनेको हो ।
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाँई लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले हलमा पनि ब्ल्कबस्टर व्यापार गरेको थियो । नेपाली चलचित्रको आजसम्मको इतिहासमा सर्वाधिक कमाई गर्ने चलचित्र ‘छक्का पन्जा ३’ हो ।
यसअघि चलचित्र ‘ए मेरो हजुर ३’ले युटुबमा १९ दिनमा १ करोड भ्यूज पाएको थियो ।
 

Leave a Reply

%d bloggers like this: