Fri. Mar 29th, 2024

एजेन्सी । मृतक बलिउड अभिनेता इरफान खानको अन्तिम फिल्म रिलिज हुने तयारी भएको छ । लामो समयको प्रतिक्षापछि इरफानको अन्तिम फिल्म ‘द संग अफ स्कोर्पियन्स’ रिलिज गर्ने निर्माताहरूले बताएका छन् ।
भारतको बिजनेज टुडेका अनुसार २०२१ मा नै यो फिल्म रिलिज हुनेछ । यो फिल्म पानारोमा र ७० एमएमले प्रस्तुत गर्न लागेको बताइएको छ । फिल्मको निर्माण फिदर लाइट र केएनएम प्रोडक्सनले गरेका हुन् ।
निर्माता तथा प्रस्तोताहरूले एक विज्ञप्ती जारी गर्दै लोकप्रीय अभिनेता इरफानप्रति यो फिल्म समर्पित गर्दै २०२१ को सुरूवाती महिनामा नै रिलिज गर्ने बताएका छन् ।
यो फिल्म अनुप सिंहको लेखन तथा निर्देशनमा तयार पारिएको हो । उनले इरफानको निर्देशक भएर किस्सा पनि निर्माण गरेका थिए ।
यो फिल्म एक जना आदिवासी महिलाको जीवनीमा आधारित भएको बताइएको छ ।
उक्त फिल्ममा इरफान खानले उँट व्यापारीको भूमिका निभाएका छन् । इरफानको ५४ वर्षको उमेरमा अप्रिल २०२० मा मृत्यु भएको थियो ।
यो भन्दा अघि इरफान खानको फिल्म ‘अंग्रेजी मिडियम’ रिलिज भएको थियो ।

Leave a Reply

%d bloggers like this: