Fri. Mar 29th, 2024

एजेन्सी । मलायलम फिल्मका अभिनेता अनिल नेदुमन्गदको मृत्यु भएको छ । पुलिसको रोलका लागि परिचित अनिलको पानीमा डुबेर मृत्यु भएको हो ।
उनी नुहाउने क्रममा मलान्काराको बाँध साइडमा नुहाउने क्रममा शुक्रबार साँझ डुबेका थिए ।
नयाँ फिल्मको सुटिङका लागि थोडुपुजा गएका थिए । सोही क्रममा शुक्रबार साँझ साथीहरूसँग ड्यामसाइडमा नुहाउन जाँदा डुबेर मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।
उनको मृत्युमा त्यहाँका मुख्यमन्त्री पिनारयी विजयानले दुःख व्यक्त गरेका छन् ।
४८ वर्षका अनिलले मलायलममा टेलिभिजन सिरियलबाट कलाकारितामा प्रवेश गरेका थिए ।

Leave a Reply

%d bloggers like this: