Thu. Apr 18th, 2024

काठमाडौं । कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल आजदेखि खुल्ने भएका छन् । सरकारले हल सञ्चालन गर्ने कुनै निर्णय नगरे पनि हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघले एकतर्फी रूपमा हल खोल्ने निर्णय गरेको हो ।
चैत ११ गते लकडाउन घोषणा हुनुअगावै देशभरिका सिनेमा हल चैत ६ गतेदेखि एकसाथ बन्द गरिएका थिए । सरकारकै तर्फबाट पनि ठूला सभा र विभिन्न दलका आन्दोलन भइरहँदा पनि कोरोनालाई देखाएर सिनेमा हल बन्द राखिएपछि संघले आजबाट हल सञ्चानल गर्ने भएको हो । लामो समयको बन्द पछि आज पहिलो दिन नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस’ देखाइने संघले जनाएको छ ।
सकेसम्म हलको पूरा टिकटमध्ये ५० प्रतिशत मात्र टिकट अनलाइनबाट बेच्ने, अनलाइन सेवा नभएमा २ मिटरको दूरी कायम गरी टिकट बेच्ने, ज्वरो नाप्ने यन्त्रको प्रयोग गरी हलभित्र प्रवेश गराउने पनि हल संघकले जनाएको छ ।

Leave a Reply

%d bloggers like this: