Fri. Apr 19th, 2024

एजेन्सी । बलिउड नायक सोनू सूदले कोरोनाभाइरसका कारण लागू गरिएको लकडाउनपछि मजदुर र आवश्यकतामा परेकाहरुका अत्यधिक मद्दत गरिरहेका छन् । उनलाई मजदुरको भगवानसमेत भन्न थालिएको छ । पर्दामा धेरैजसो भिलेनको भूमिकामा देखिन सोनू सूद वास्तविक जीवनमा भने हिरो बनेका छन् ।
अब अभिनेताले आफ्नो फिल्मका लागि एउटा ठूलो निर्णय लिएका छन् । कोरोनाको मुश्किल समयमा सोनूले आवश्यकतामा परेका मानिसहरुलाई विभिन्न प्रकारले मद्दत गरेका छन् । यस्तोमा उनलाई रुचाउनेरुले उनलाई ‘मसिहा’ नाम दिएका छन् । यसको असर उनको व्यावसायिक जीवनमा पनि निकै परेको छ ।
वास्तवमा सोनू केही समयदेखि सन्तोष श्रीनिवासको निर्देशनमा बनिरहेको तेलुगू फिल्ममा काम गरिरहेका छन् ।
अब मानिसहरुबीच सोनूको छविलाई मध्यनजर गर्दै फिल्ममा केही परिवर्तन गरिएको छ ।
खबरका अनुसार समाजमा आज सोनू सूदको छविका कारण निर्माताले विशेषगरी उनका लागि फिल्ममा दुईवटा गीत पनि जोडेका छन् । यसबाहेक पूरा प्रोजेक्टमा पनि विभिन्न परिवर्तन गरिएको छ । केही दृश्य पुनः लेखिए र छायांकन पनि गरिँदैछ । निर्माण पक्षले सोनूको छविलाई फिल्माम पनि विशेष ध्यान दिइएको छ नभए दर्शक रिसाउनेछन् ।
सोनू सूदले पनि केही समयमा उनको जीवनमा अत्यधिक परिवर्तन आएको स्विकार गरेका छन् । उनले आफूले पाउने गरेको भूमिकामा पनि परिवर्तन भइरहेको बताएका छन् । उनले भने, ‘पछिल्लो एक वर्षमा मेरो जीवनमा धेरै कुरा परिवर्तन भयो । जहाँसम्म फिल्मको कुरा छ अब म फिल्ममा भिलेनको भूमिका निभाउनेछैन । अब म सकारात्मक भूमिका मात्रै निभाउनेछु । अब मैले हरेक वर्ष दुईवटा फिल्मका लागि समय निकाल्नुपर्नेछ ।’
सोनूले केही समय अघि भनेका थिए, ‘अब मैले राम्रो भूमिका पाइरहेको छु । आजकाल मैले पाइरहेको भूमिका निकै भिन्न किसिमका छन् । मैले वास्तविक जीवनको हिरोको भूमिका पाइरहेको छु । मैले आफ्नो जीवनमा जे गरेँ त्यसलाई पनि स्क्रिप्टमा उतार्ने कोसिस गरिँदैछ । मेरो लागि यो भिन्न किसिमको अनुभव हो ।’

Leave a Reply

%d bloggers like this: