Thu. Apr 25th, 2024

काठमाडाैँ । धन किरण गुरूङको ‘तिमी र म’ गीत सार्वजनिक भएको छ । शुक्रबार जिडी प्रोडक्सन युके नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।
गीतमा शब्द, संगीत र स्वर धन गुरूङको नै रहेको छ भने सृजन नेपालले संयोजन तथा मिक्सिङको काम गरेका छन् ।
त्यस्तै गीतको भिडियो अल्का गुरूङले निर्माण गरेकी हुन् । सुमन श्रेष्ठले छायाँकन गरेको भिडियो सुशिल गुरूङले सम्पादन गरेका हुन् । त्यस्तै, नविन निराैलाले कलर करेक्सन गरेका छन् ।
लण्डनमा छायाँकन गरिएको भिडियोमा रिया गुरूङ र ध्रुब दत्तको अभिनय रहेको छ । ध्रुब दत्त नेपाल चलचित्र कलाकार संघ युकेका उपाध्यक्ष समेत हुन् ।

Leave a Reply

%d bloggers like this: