Sat. Apr 20th, 2024

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मध्यरातमा ट्वीट गर्दै उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका उनको परिक्षण नतिजा पोजेटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेका छन् । उनमा हल्का लक्षण देखिएको छ ।
यसअघि मंगलबार १६ खेलाडीको पिसिआर परिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो ।
नेपालले आगामी सम्भावित अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै बन्द प्रशिक्षण थालेको छ । उक्त प्रशिक्षणमा २७ जना खेलाडीलाई बोलाइएको छ ।

Leave a Reply

%d bloggers like this: