Fri. Apr 19th, 2024

काठमाडाैँ । विवाहको साइतको महिनासँगै गीतबार विनिता खनालको गीति एल्बम सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच खनालले विवाहका पाँचवटा गीत समेटिएको एल्बम ‘लगनगाँठो’ सार्वजनिक गरेकी छन् ।
‘लगनगाँठो’ गीति एल्बममा आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) समावेश गरिएका छन् ।
गीति एल्मबका साथै सबै गीतको भिडियो पनि सार्वजनिमक गरिएको छ । पाँचमध्ये आइतवार ‘मेहेन्दी’ यूट्युबमा सार्वजनिक गरिएको छ भने अन्य क्रमशः सार्वजनिक गरिने खनालले जानकारी दिएकी छन् ।
गीतहरूको भिडियोमा विजु पार्की र रेश्मा घिमिरे दुलहा दुलहीको भूमिकामा अभिनय गरेका छन् । उत्सव दाहाल र उत्तम हुमागाईंले भिडियो छायाँकन गरेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् ।
किरण कँडेलको एकल संगीत रहेको गीतमा ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, ‘धुतुरी धुतुरी बजा बजाई’ मा मेलिना राई र श्रीवास्तव खरेल, ‘दौरा सुरुवाल चिटिक्कै’ मा मिना निरौला, ‘विदाई गर्न छोरी तिमीलाई’मा वानिका प्रधान र ‘छमछम पाउजु’मा निकिता थापा र प्रताप दासले स्वर दिएका छन् ।
पाँचवटै गीतको भिडियोको निर्देशन सुव्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: