Fri. Apr 19th, 2024

काठमाडौँ। भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया छुटेका छन् । घरमा ड्रग्स भेटिएपछि पक्राउ परेका भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया जमानतमा छुटेका हुन्।
नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार उनीहरूलाई मुम्बईस्थित घरबाटै पक्राउ गरेको थियो । उनीहरूको घरमा ८६.५ ग्राम गाँजा भेटिएको थियो ।
अदालतले उक्त जोडीलाई ४ डिसेम्बरसम्मलाई न्यायिक हिरासतमा पठाएको थियो। भारतीलाई कल्याण जेल र हर्षलाई टलोजा जेलमा राखिएको थियो।
भारतीको जोडीले अदालतमा गरेको जमानत याचिकामाथि सुनुवाइ गर्दै अदालतले जमानतमा छाड्ने आदेश दिएको हो।

Leave a Reply

%d bloggers like this: