Thu. Apr 25th, 2024

काठमाडाैँ । गायक शिवराज जङ्गको गीत ‘मुना’ सार्वजनिक भएको छ । घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिक रोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झाइबुझाइ गरी मनमा पीडा बोकेर हिँड्नुपरेको कथाव्यथा समेटेर भिडियो तयार पारिएको छ ।
गायक जङ्गकै रचना तथा सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन मञ्जिलविक्रम केसीले गरेका छन् । भिडियोमा सन्दीप श्रेष्ठ र अनु थापा मगरको अभिनय छ ।
गीतको छायाङ्कन ज्ञान चौलागाईंँले तथा भिडियो निर्देशन र सम्पादन नवीन भट्टले गरेका छन् । गीत फोरक्युब इन्टरटेन्मेन्टबाट निर्माण गरिएको हो । गीतको भिडियो डिएआर मुभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

%d bloggers like this: