Thu. Apr 25th, 2024

एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्यकलाकार भारतीय सिंहलाई पक्राउ गरेको छ ।
विभागका अधिकारीका अनुसार शनिबार भारतीय सिंह र उनका श्रीमानको निर्माण कम्पनी र उनको घरमा छापामारी गरिएको थियो । दुबै स्थानमा उनीहरुले नशालु सामग्री (गाँजा) प्राप्त गरे । उनीहरुले दुबै स्थानमा ८६.५ ग्राम गाँजा भेटेको बताइएको छ ।
एनसीबीका अनुसार दुबै श्रीमान् श्रीमतीले आफूहरुले नशालु पदार्थको सेवन गर्ने स्विकारेका छन् ।
एनसीबीको क्षेत्रीय निर्देशक समिर वानखेडेले शनिबार दिउँसो पत्रकार सम्मलेनमा भारती र उनका श्रीमानलाई एनसीबीले सोधपुछका लागि बोलाएको जानकारी दिएको छ । आफूहरुले उनीहरुको स्थानबाट केही नारकोटिक्स सामग्री भेटिएकोले उनीहरुसँग सोधपुछ गरिने जानकारी दिएका थिए ।
मुम्बईमा ड्रग्स मामिलामा एनसीबी निकै कडा देखिएको छ ।
केही दिन अघि एनसीबीले अर्जुन रामपालको घरमा छापामारी गरेर उनीसँग सोधपुछ गरेको थियो ।

Leave a Reply

%d bloggers like this: