Thu. Mar 28th, 2024

एजेन्सी । बलिउड अभिनेता आमिर खानका भाञ्जा इमरान खानले अभिनयबाट बिदा लिएका छन् । इमरान खानका साथीले अब इमरानले अभिनय नगर्ने जानकारी दिएका छन् ।
इमरानले २००८ मा ‘जाने तु या जाने ना’बाट बलिउडमा डेब्यु गरेका थिए । आमिर खानसँगै रहेको उक्त फिल्म भारतीय फिल्मा सफल मध्ये एकमा पर्छ । पछिल्लो समय २०१५ मा इमरान ठूलो पर्दामा देखिएका थिए ।
२०१५ मा कंगना रनाेटसँग इमरानले ‘कत्ति बात्ति’मा अभिनय गरेका थिए ।
२०१८ मा इमरानले निर्देशनमा डेब्यु गरे । ‘मिसन मार्फः किप वाकिङ इन्डिया’ नामक सर्ट मुभी उनको निर्देशनमा बनेको थियो ।
भारतको पत्रिका नवभारत टाइम्ससँग बोल्दै इमरानका साथी अक्षय ओबरोइले भनेका छन्, ‘मेरा साथि इमरान खान अब बलिउड कलाकार रहेनन् । उनले अभिनय करियरबाट बिदा लिएका छन् । हामीले १८ वर्ष सहकार्य गर्याैँ । उनी मेरा नजिकका साथि हुन् ।’

Leave a Reply

%d bloggers like this: