Thu. Apr 18th, 2024

मुम्बई । बलिउड अभिनेता सोनु सुद सधैँ समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्नेमा अगाडि छन् । जो उनीसँग सहयोगको अपेक्षा गर्दछन् उनीहरुलाई सहयोग गर्न उनी मरिमेटेर लाग्छन् । दोस्रो व्यक्तिको सहयोगका लागि हमेसा तयार रहने सोनुलाई उनका फ्यानले पूजा नै गरेको खबर आएको छ ।
हालै सामाजिक संजालबाट एउटा भिडियो बाहिर आएको छ । जुन भिडियोमा एक व्यक्तिले देवताको तस्विरका साथ अभिनेता सुदको तस्बिर समेत राखेर पूजा गरिरहेका छन् ।
भिडियोमा सोमनाथ श्रीवास्तब नाम भएका ती व्यक्तिले सुदको फोटोका साथ देवताको फोटो राखेर एकसाथ पूजा गरेका हुन् । सोमनाथले भिडियो सार्वजनिक गर्दै अभिनेता सुदलाई समेत ट्याग गरेका छन् ।
सोदुले भने ती फ्यानलाई आफ्नो स्थान त्यो नभएको बताएका छन् । उनले लेखेका छन् ‘मेरो स्थान त्यो होइन । मात्र तपाइको दिलमा हुनुपर्छ ।’
सोदुले आफ्नो सहयोगबाट धेरै मानिसमा खुसी ल्याइदिएका छन् । उनको सहयोगले धेरैको जीवनमा समेत परिवर्तन आएको छ ।
सोनु छिट्टै फिल्म ‘पृथ्वीराज’मा समेत देखिदैछिन् ।

Leave a Reply

%d bloggers like this: