Wed. Apr 24th, 2024

एजेन्सी । कोरोना भाइरसका कारण भारतीय कलाकारको मृत्यु भएको छ । कोरोना भाइरसका कारण भारतीय कलाकार साैमित्र चितर्जीको मृत्यु भएको हो ।
८५ वर्षीय चितर्जीको कलकत्तास्थित एक अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
करीब ६ दशक भारतीय फिल्म इन्डस्ट्रीमा बिताएका उनले ३०० भन्दा धेरै फिल्ममा अभिनय गरेका थिए । अक्टोबर ६ तारिखमा नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको स्वास्थ्यमा निरन्तर समस्या उत्पन्न भएको बताइएको छ ।
फिल्म कलाकारका साथै चितर्जी सफल कवी, लेखक तथा थिएटर एक्टर थिए । सन् १९५९ देखि १९९० सम्ममा उनले भारतीय फिल्म उद्योगमा महत्वपूर्ण समय बिताएका थिए ।
चितर्जीको मृत्यु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

%d bloggers like this: