Wed. Apr 24th, 2024

१९ कार्तिक, काठमाडाैँ । कमल बुढाथोकीको नयाँ लोक दोहोरी गीत ‘लाउरेको छोरीले’ सार्वजनिक भएको छ । कमल बुढाथोकीको युट्युब च्यानलबाट नै सोमबार उक्त गीत सार्वजनिक भएको हो ।
सोमबार सार्वजनिक भएको उक्त गीतमा अमर दीप बुढाथोकी, शान्ता बस्नेत र लक्ष्मण गिरीले स्वर दिएका छन् । गीतको शब्द कमल बुढाथोकीको नै रहेको छ ।
अमर दीपको संगीत रहेको गीतको अडियो मिक्सिङ कुमार रानाले गरेका छन् । गीत मारूनी डिजिटल स्टुडियोमा रेकर्ड भएको हो ।
गीतको भिडियोमा अलिशा चन्द, सुशिल जंग कुँवर, लक्ष्मी सुनार तथा मनोज बिकेलाई फिचर गरिएको छ । भिडियोको छायाँकन डिबी रेउलेले गरेका छन् । त्यस्तै, जिबी अग्रीले निर्देशन गरेको भिडियोलाई मीन रावलले सम्पादन गरेका छन् ।

 

Leave a Reply

%d bloggers like this: