Wed. Apr 24th, 2024

काठमाडाैँ । बलिउडमा ‘बादशाह, किङ खान, रोमान्सका किङ’ जस्ता उपनामले परिचित नायक साहरुख खान आजबाट ५५ बर्षमा प्रवेश गरेका छन् । सन् १९६५ नोभेम्बर २ तारिखमा साहरुखको जन्म दिल्लीमा भएको थियो । चलचित्र ‘दिवाना’बाट बलिउडमा प्रवेश गरेका साहरुख खानले बलिउडमा करिब ३ दशक विताइसकेका छन् ।
उसो त साहरुखले आफ्नो करिअरको सुरुवात टेलिभिजनबाट गरेका हुन् । टेलिभिजनमा सिरियल ‘फौजी’मा काम गरेर सुरु भएको उनको करिअर यात्रा पछिल्लो चलचित्र ‘जिरो’सम्म आइपुग्दा उतारचढावमा वितेको छ ।
साहरुखले अभिनय गरेका चलचित्रहरुमा ‘दिवान, डर, कुछ कुछ होता हे, बाजिगर, दिलवाले दुल्हनिया ले जायंगे, मोहब्बते, चल्ते चल्ते, कोइला, करण अर्जुन, माइ नेम इज खान, ओम शान्ती ओम, रब ने बनादी जोडी, रा वन, डन, चेन्नाई एक्सप्रेस, दिलवाले, रइस’ चर्चामा रहे ।
साहरुखलाई बलिउडमा रोमान्सका बादशाह पनि भनिन्छ । उनले अभिनय गरेको चलचित्र ‘दिलवाले दुल्हनिया ले जायंगे’ २५ बर्षदेखि भारतमा रिलिज भैरहेको छ । चलचित्र भवनमा सबैभन्दा लामो समयसम्म रिलिज भएको चलचित्रको रेकर्ड यो चलचित्रको नाममा छ ।

Leave a Reply

%d bloggers like this: