Sat. Apr 20th, 2024

काठमाडाैँ । आईपीएल अन्तर्गत गएराती भएको खेलमा राजस्थान रोयल्सले किङ्ग्स इलाभेन पन्जाबलाई हराएको छ । यूएईको शेख जियाद स्टेडियममा भएको खेलमा किङ्ग्स इलाभेन पन्जाबमाथि राजस्थान रोयल्सले ७ विकेटको जित हात पारेको हो ।
टस हारेको पन्जाबलेपहिले ब्याटिङ गरेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेटको क्षति सहित १ सय ८५ रन बनाएको थियो । जसलाई राजस्थान रोयल्सले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।
जस्थानको जितमा बेन स्टोक्सले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै सन्जु सामसनले ४८ र रोबिन उथप्पाले ३० रन बनाए । कप्तान स्टिभ स्मिथ ३१ र जोस बट्लर २२ रनमा अविजित रहे ।
त्यस्तै पञ्जाबका लागि पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान केएल राहुलले ४६ रन जोड्दा निकोलस पुरनले २२ रन बनाए ।
पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । राजस्थानले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ ।

Leave a Reply

%d bloggers like this: