Fri. Apr 19th, 2024

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत हिजो राती भएको खेलमा बार्सिलोनाले जीत हात पारेको छ । गएराती युभेन्टसको घरेलु मैदान एलियान्ज एरेनामा भएको खेलमा बार्सिलोना २–० गोल अन्तरले विजयी भएको हो ।
बार्सिलोनाले युभेन्टसलाई पुरा समय दबाबमा राखेको थियो ।
खेलको सुरूवाती १४ मिनेटमा नै बार्सिलोनाले अग्रता लिएको थियो । बार्सिलोनाका लागि फ्रेन्च फरवार्ड उसमान डेम्बेलेले गोल गर्दै अग्रता दिलाएका थिए । मेसीको उत्कृष्ट पासमा डेम्बेलेले उत्कृष्ट गोल गरेका थिए ।
त्यस्तै, खेलको ९० मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । युभेन्टसका अल्भारो मोराटाले गरेका ३ वटा गोलले मान्यता पाएका थिएनन् ।
हिजो भएको खेल बार्सिलोनाका लागि युभेन्टसको मैदानमा पहिलो खेल हो । यसअघि ६ पटकका खेलमा बार्सिलोना जीतविहीन भएको थियो।
त्यस्तै मेसीले हिजो राती भएको खेलमा नै ३०० असिस्टको कोशेढुंगा पनि पुरा गरेका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत नै हिजो राती भएका अन्य खेलहरूमा सेभिल्ला, बोरूसिया डर्टमन्ड र म्यानचेस्टर युनाइटेडले आ–आफ्ना खेलमा विजयी भएका छन् ।

Leave a Reply

%d bloggers like this: