प्रताप दास र शान्ति श्री परियारको लोक दोहोरी ‘टिकटक बहस’ सार्वजनिक

मनोरंजनसंसार डटकम | Wednesday, October 14th, 2020

काठमाडाैँ । प्रताप दास र शान्ति श्री परियारको आवाजमा लोक दोहोरी गीत सार्वजनिक भएको छ । शनिबार प्रताप र शान्ति श्रीको ‘टिकटक बहस’ सार्वजनिक भएको हो ।

शान्ति श्री परियार कै शब्द र संगीत रहेको गीतमा प्रताप दास र परियारको आवाज रहेको छ । जसलाई सुदिप सागरले एरेन्ज गरेका छन् ।

त्यस्तै गीतको भिडियोलाई दीपेन्द्र तिमल्सिनले निर्देशन गरेका छन् । अनिल के. मानन्धरले छायाँकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।

भिडियोमा बाल कलाकार ग्रिजल जिसी र आरूश मानन्धर सहित विजय बराल, सुनिशा बजगाइँ, सुशिल पोख्रेल र दिप्सन परियारको अभिनय रहेको छ ।

Facebook Comments