Fri. Apr 19th, 2024

बार्सिलोनाका स्टार फर्वार्ड लियोनेल मेस्सी १ विलियन कमाउने दोश्रो खेलाडी बनेका छन् । पोर्चुगल तथा इटालियन युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोपछि मेसी पनि विलियन कमाउने फुटबल खेलाडीको सूचिमा परेका छन् ।
रोनाल्डो २०२० को सुरूवात मै अर्बपति फुटबल खेलाडीको सुचीमा अटाएका थिए । त्यसै गरी एक अर्ब कमाउने टाइगर वुड र फ्लोइड मेवेदर पछिका तेस्रो खेलाडी समेत रोनाल्डो बनेका थिए ।
फोर्ब्सका अनुसार मेसी २०२० मा सबैभन्दा धेरै पैसा कमाउने खेलाडी बनेका छन् । उनले यो वर्षमात्रै जम्मा १२६ मिलियन डलर कमाएका छन् । यो वर्षको १२६ मिलियनसहित मेसी १ अर्ब कमाउने दोस्रो फुटबल खेलाडी तथा चाैथो एथ्लेट्स भएका छन् ।
मेसीले २०२० मा १२६ मिलियन कमाउँदा रोनाल्डो, नेयमार, एमबाप्पे तथा मोहमेद सलाहले क्रमशः ११७, ९६, ४२ तथा ३७ मिलियन डलर कमाएका छन् ।

Leave a Reply

%d bloggers like this: