Sat. Apr 20th, 2024

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार कोरोना मुक्त भएका छन् । ब्राजिलियन स्टारलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो ।
नेयमारले शुक्रबार आफु कोरनामुक्त भएको जनाएका छन् । ‘म अभ्यासमा फर्केको छु । एकदमै खुसी । कोरोना आउट,’ नेयमारले ट्विट गरेका छन् । सेप्टेम्बर २ मा नेयमारसँगै क्लका अन्य तीन खेलाडीको कोरोना संक्रमण देखिएको थियो । केहि दिन अघि अर्का सुपर स्टार केलियन एमबाप्पेलाई पनि संक्रमण देखिएको थियो ।
सन् २०१७ मा बार्सिलोनाबाट पिएसजीमा आबद्ध भएका नेयमारले टोलीका लागि ८५ खेलमा ७० गोल गर्नुका साथै ४१ एसिस्ट गरेका छन् । पिएसजी पुगेर उनले तीन वटा लिग वन, दुई वटा फ्रेन्च कप र दुई पटक फ्रेन्च लिग कप जितेका छन् ।
नेयमारको उच्च प्रदर्शनबाट प्रेरित पिएसजी गत सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पिएसजी बायर्नसँग १-० ले पराजित भएको थियो ‌।
पिएसजीले फ्रान्सेली लिगको पहिलो खेलमा भने खराब सुरुवात गरेको छ । बिहीबार भएको पहिलो खेलमा स्टार खेलाडी बिना उत्रिएको पिएसजी पराजित भएको थियो । नवप्रवेशी लेन्सले पिएसजीलाई १-० ले पराजित गरेको थियो ।

Leave a Reply

%d bloggers like this: