Tue. Apr 23rd, 2024

भारतको महाराष्ट्र राज्य सरकारको नेतृत्व गरिरहेको शिवसेना बिरुद्ध कडा रुपमा उत्रिएकी बलिउड अभिनेत्री कंगना रनौत बिरुद्ध त्यहाँको सरकार बदलाको भावनाले कार्वाहीमा उत्रिएको छ । बलिउड अभिनेत्री कंगना रनौतको अफिस भत्काइएको छ । अवैध रूपमा निर्माण गरिएको भन्दै बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले डोजर प्रयोग गरी मुम्बईस्थित उनको कार्यालय भत्काएको हो ।
भत्काउनुअघि महानगरले दुई पटक सूचना पठाएको थियो । हाल हिमाञ्चल प्रदेशमा रहेकी कंगना सरकारी सुरक्षासहित मुम्बई गएकी छिन् । उनी बाटोमै रहेका बेला महानगरले उनको कार्यालय डोजर, क्रेन तथा हथौडाले भत्काएको हो ।
कंगनाले ट्वीटर मार्फत उक्त अफिस आफ्नो अफिस नभएर राम मन्दिर भएको प्रतिक्रिया दिएकी छिन् । उनले लेखेकी छिन्, मिणकर्णिका फिल्ममा पहिलो चलचित्र अयोध्याको घोषणा भयो । यो मेरो लागी अफिस नभएर राम मन्दिर हो । आज यहाँ बाबर आयो । आज इतिहास फेरि दोहोर्‍याइनेछ । आज भत्काइएको राम मन्दिर फेरि बन्नेछ । जय श्री राम ।
बीएमसीले अफिसको भूँईतलामा भान्सा, शौचालय, क्याबिन, पूजा कोठासहितका कयौं संरचनाको निर्माण अवैध तरिकाले गरेको दाबी गरेको छ । अफिस भत्काएपछि उनले लगातार चार ट्वीटर गरेकी छिन् । उनले मुम्बईलाई पाकिस्तानसँग तुलाना गरेकी छिन् ।
केही दिन अगाडि उनले चलचित्रका गुण्डाभन्दा मुम्बई प्रहरीसँग बढी डर लाग्ने गरेको बताएकी थिइन् । उनले आफूलाई हिमाञ्चल प्रदेश वा केन्द्र सरकारलाई सुरक्षा दिन समेत माग गरेकी थिइन् । उनलाई हिमाञ्चल प्रदेश सरकारले ११ जना सुरक्षाकर्मीसहितको वाई ग्रेडको सुरक्षा प्रदान गरेको छ । मुम्बई आउन लागेकी उनको सुरक्षामा सीआरपीएफ खटएको छ ।

Leave a Reply

%d bloggers like this: