Thu. Mar 28th, 2024

भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा अर्को वर्ष माता-पिता बन्ने भएका छन् । अनुष्काले सामाजिक सञ्जालमा एक तस्विर शेयर गर्दै यसको जानकारी दिएकी हुन् । उनले श्रीमानसँगको रोमान्टिक तस्विर शेयर गर्दै क्याप्सनमा लेखेकी छन्, ‘अब हामी तीन हुँदैछौं । २०२१ को जनवरीमा तेस्रो आउँदैछ ।’ विराटले पनि यही तस्विर र क्याप्सन शेयर गरेका छन् ।
तस्विरमा अनुष्कालाई ‘बेबी बम्प’ का साथ देख्न सकिन्छ । विराट र अनुष्कालाई भारतको ‘पावर कपल’ को रुपमा हेर्ने गरिन्छ । यी दुवै स्टारले आ-आफ्नो क्षेत्रमा सानदार काम गरेका छन् । उनीहरुबीच ‘स्ट्रङ बोण्डिङ’ छ । यी दुईको एक स्याम्पूको विज्ञापनको सुटिङको क्रममा पहिलो पटक भेट भएको थियो । यसपछि उनीहरुबीच गहिरो मित्रता हुँदै प्रेम सम्बन्ध कायम भएको थियो ।
सन् २०१७ मा इटलीमा पुगेर विवाह गरेका अनुष्का र विराजलाई माता-पिता बन्न लागेकोमा प्रियंका चोपडा, आलिया भट्ट, वरुण धवन, दिया मिर्जा, प्रीति जिन्टा, कृति सेनन, करिश्मा कपूर, कटरीना कैफ, परिणीति चोपडा, वाणी कपूरलगायतले सामाजिक सञ्जालमा शुभकामना दिएका छन् । अनुष्का र विराट आमा-बुबा बन्न लागेको खुसी देखिएका छन्, जुन तस्विरले पनि बयान गर्छ ।

Leave a Reply

%d bloggers like this: