Wed. Apr 24th, 2024

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले महाराष्ट्रका दुई गाउँको हेरचाह र सहयोगको जिम्मा लिएकी छिन् । उनले पाथर्डी र सकुरा नाम दुई गाउँको ३ वर्षका लागि हेरचाह गर्ने जिम्मा लिएकी हुन् । यी दुई गाउँमा १५ सय ५० नागरिक छन् ।
उनले भारतीय मिडियालाई जनाउँदै अबको तीन वर्षसम्म त्यहाँका स्थानीयका लागि खाद्यान्नको व्यवस्था गर्ने उनले जानकारी दिएकी हुन् । उक्त गाउँमा अधिकांश कुपोषणबाट पीडित छन् । उनले महामारीका कारण यो सबैका लागि गाह्रो वर्ष भएको र आधारभूत आवश्यकताका लागि पनि सङ्घर्ष गर्दै आएका उक्त गाउँका असहायलाई यस ३ वर्षको समयावधिमा खाद्यान्न वितरण गर्नुका साथै गाउँका १५० महिलालाई नवजात शिशुहरूको गर्न पनि सक्षम बनाइने बताएकी छिन् । ती दुई गाउँमा जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्ने पनि उनले बताइन् ।

सिनेपाटी

Leave a Reply

%d bloggers like this: