Fri. Apr 19th, 2024

बलिउड अभिनेता सञ्जय दत्तलाई हालै फोक्सोको क्यान्सर भएको खबर सार्वजनिक भएसँगै उनले सुरु गरेको चलचित्रको काम के हुने हो भन्ने चर्चा बलिउडमा चलिरहेको छ । उनी चलचित्र ‘सडक-२’ सँग जोडिएका छन् ।
भर्खरै यस चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । क्यान्सरको उपचारका लागी दत्तले छिट्टै कामबाट ब्रेक लिने भएका छन् । उनले आफ्नो पछिल्लो चलचित्र ‘सडक-२’ को काम सकेर मात्रै उपचारमा लाग्ने उनले बताएका छन् । यसबारे बलिउड मिडियाले सडक-२ का लागि सञ्जयको डबिङको अलिकति काम बाँकी भएको र त्यो सकेर उनी उपचारको लागी विदेश जाने बताएका छन् ।
श्वासप्रश्वासमा समस्या भएपछि लिलावती अस्पताल भर्ना भएका दत्त आफू ठिक भएको भनी आफ्ना शुभचिन्तकहरूलाई आफ्नो बारेमा धेरै चिन्ता नलिन सामाजिक सञ्जालमार्फत आग्रह गरेका थिए । यस लगत्तै उनलाई क्यान्सर भएको खबर बाहिरिएको थियो ।

Leave a Reply

%d bloggers like this: