Fri. Apr 19th, 2024

लामो समय कोरोनाको प्रभावले चलचित्र सम्बन्धी सम्पूर्ण काम रोकिँदा नेपाली फिल्म चपेटामा परेको छ । न रिलिजको तयारीमा रहेका चलचित्र प्रदर्शन हुन पाए न निर्माणको काम सुरु भएका चलचित्रले समयमा नै काम सक्न पाए । यसले निर्माता निर्देश देखी कलाकार प्राविधिक निकै समस्यामा परेका छन् ।
कोरोना प्रभावले चलचित्रहरूलाई आर्थिक घाटा भएपछि सरकारले निर्मातालाई राहत दिलाउनु पर्ने आवाज उठिरहेको छ । यसै बिच चलचित्र निर्माता सङ्घले कोरोनाका कारण प्रभावित भएको भन्दै ६४ नेपाली चलचित्रको सूची चलचित्र विकास बोर्डमा बुझाएको छ ।
चलचित्र क्षेत्र ठप्प हुँदा अप्ठेरोमा परेका चलचित्र र अन्य क्षेत्रको अनुसन्धान चलचित्र विकास बोर्डले गरिरहेको छ । समस्यामा परेका चलचित्रको बारेमा यथार्थ बाहिर ल्याउन बोर्डले तथ्याङ्क सङ्कलन गर्न लागेको हो । यसकै लागी निर्माता सङ्घले सूचना नै आह्वान गरी कोरोनाको मारमा परेका चलचित्रहरूको नाम सङ्कलन गरेका हुन् ।

cinepati.com

 

Leave a Reply

%d bloggers like this: