Fri. Apr 19th, 2024

१९ जेठ, काठमाडाैँ – चर्चित बलिउड संगीतकार, निर्देशक तथा गायक वाजिद खानको निधन भएको छ।
४२ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको इण्डिया टुडेले जनाएको छ।
संगीतकार समिल मर्चेन्टले वाजिदको मृत्यु भएको पुष्टि गरेका हुन्। स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद केही दिन अगाडि मुम्बईको चेम्बुरस्थित सुराना अस्पताल भर्ना भएका थिए।
‘उहाँलाई धेरैवटा समस्या थियो। किड्नीको समस्या थियो, केही महिना अगाडिमात्र त्यसको प्रत्यारोपण भएको थियो। हालैमात्र उहाँले मृगौलामा संक्रमण भएको थाहा पाउनुभएको थियो। अवस्था बिग्रदैं गएपछि विगत ४ दिनदेखि भेन्टिलेटरमा हुनुहुन्थ्यो। संक्रमण सुरू भएको मात्र थियो तर अवस्था बिग्रदैं गयो’ सलिमले भने।
केही दिन अगाडि उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो।
‘साजिद-वाजिद’ संगीतकार जोडीका रुपमा चर्चित उनी मृगौलासम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए। उनले केही महिना अगाडिमात्र मृगौला प्रत्यारोपण गरेका थिए।
साजिद-वाजिदको जोडीले धेरैजसो संगीत सलमान खानका सिनेमाका लागि बनाएका थिए। हालै सलमानले रिलिज गरेको ‘भाइइभाइ’ गीतमा समेत वाजिदको सहयोग थियो।
साजिद-वाजिदको जोडी बलिउडमा सलमान खान अभिनित सन् १९९८ को ‘प्यार किया तो डरना क्या’बाट डेब्यू भएको थियो।
त्यसयता उनीहरूको जोडीले थुप्रै सिनेमामा सँगै काम गरेको थियो। ‘तेरे नाम’, ‘तुमको ना भूल पाएगें’, ‘पार्टनर’ र ‘दंबङ; फ्रान्चाइज उनीहरूले सँगै काम गरेका केही चर्चित सिनेमा हुन्।
संगीतका अलावा वाजिदले सलमानका लागि गीत पनि गाएका छन्।
वाजितको निधनमा संगीतकर्मी र बलिउडकर्मीहरूले शोक व्यक्त गरेका छन्।

Leave a Reply

%d bloggers like this: