Thu. Mar 28th, 2024

सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)ले निर्माण एवं अभिनय गरेको सिनेमा ‘सेन्टी भाइरस’ सार्वजनिक भएको छ। रामबाबु गुरुङको निर्देशनमा निर्मित सिनेमा अाज रिलिज हुने भएको हाे ।

सिनेमामा धुर्मुस र सुन्तलीका अलावा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय छ।

‘सेन्टी भाइरस’ले दिने मुनाफाको २० प्रतिशत सामाजिक कार्यमा लगाइने, निर्माण पक्षले यसअघि नै घोषणा गरिसकेको छ ।

बिहीबार भएकाे बुकिङमा सेन्ट भाइरसले आक्रामक शुरुवात गर्ने लक्षण भने देखाइसकेकाे छ ।

यस्तै नेपाली फिल्म हलमा  ‘आमा’ पनि रिलिज भएकाे छ । फिल् ‘आमा’मा अभिनेत्री मिथिला शर्मा, सुरक्षा पन्तको मुख्य अभिनय छ।

Leave a Reply

%d bloggers like this: