Thu. Apr 25th, 2024

भोली अर्थात शुक्रबारबाट नेपालका हलहरूमा प्रदर्शनमा अाउने फिल्म सेन्टि भाइरसको हिजोबाट बुकिङ खुला गरिएको छ । बुकिङ खुला भएकाे दिन नै यो फिल्मले सफलता पाउने गतिलो अाधार पनि तय भइसकेको छ ।

हिजोबाट उपत्यकाका विभिन्न मल्टिप्लेक्समा बुकिङ सुरू भएको यस फिल्मले नेपालकै प्रतिष्ठित क्युएफएक्समा ५० शो पाएर उल्लासमय सुरूवात गर्ने लक्षणका साथ प्रदर्शनको एक दिन पर्खिरहेको छ ।

धुर्मुस सुन्तलीको बृहत् योजना अन्तर्गत चितवनमा निर्माणाधिन गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नाफाको ५० प्रतिशत रमक लगाउने निर्णय गरिसकेको यस फिल्मका लागि नेपालकै प्रतिष्ठित मल्टिप्लेक्समा ५० शो पाउनुले पक्कै पनि शुभ संकेत हो ।

निर्माणाधीन सो रंगशालामा नेपालबाट चाैतर्फी सहयोग अाइरहेको बेला अाफ्नो व्यापारको नाफा अन्तर्गतको ५० प्रतिशत प्रदान गर्नु एउटा उदाहरणीय कार्यको थालनी हो । अब फिल्मले पाएको शोले अझै धेरै सहयोग हुनेछ । सिंगो नेपालकै गाैरवको अायोजना भएकाले सेन्टी भाइरस फिल्मका माध्यमबाट पनि हामीले यस रंगशाला निर्माणका केही योगदान दिन सक्छाैँ । यसका लागि शुक्रबारबाट नजिकको फिल्महलमा गएर फिल्म हेर्नुपर्ने हुन्छ ।

Leave a Reply

%d bloggers like this: