Sat. Apr 20th, 2024

मुनाफाको ५० प्रतिशत चितवनमा निर्माणाधिन ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’मा खर्चने घोषणा गरेको ‘सेन्टी भाइरस’को अन्तराष्ट्रिय वितरण अधिकार महँगोमा बिकेको छ।

सिनेमालाई अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाख रूपैयाँमा किनेको छ।

सोमबार निर्माण कम्पनी र नेप्सिने कम्पनीबीच यसको खरिद सम्झौता गरेको हो।

रामबाबु गुरुङ निर्देशित सिनेमा फागुन ९ गते रिलिज हुँदैछ। सिनेमामा सीताराम कट्टेल, कुञ्जना, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल लगायतले साथ दिएका छन्।

setopati.com

Leave a Reply

%d bloggers like this: