Sat. Apr 20th, 2024

संचारकर्मी फूलमान वलले निर्देशन गरेको सिनेमा ‘नीरफुल’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एक दाम्पत्य जोडीको जीवनमा आएका उतारचढाव महसुस हुन्छ ।

भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा भन्ने सिनेमालाई राजधानीसँगै गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्यालीमा खिचिएको हो । पोस्टरमा सुन्दर रुबी भ्यालीका दृश्यसँगै भुकम्पले तहसनहस पारेको राजधानी पनि चित्रित छ ।

सचिन घिमिरे र निर्देशक स्वयम्को पटकथामा दयाहाङ राई, शान्ति वाइबा, बुद्दि तामाङ, पुस्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानसराजको अभिनय अभिनय छ । भने, रेखा थापाले अतिथि भूमिका निर्वाह गरेकी छन् ।

फागुन ३० गते रिलिज हुने सिनेमामा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल/चन्द्रकुमार दोङको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

फ्रेण्ड्स अफ नेपाल – म्यानमार फ्रेण्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको सिनेमामा विभिन्न ८ देशबाट व्यक्तिको लगानी छ । सिनेमाका कार्यकारी निर्मातामा दुबईकी डोमा सोनाम छिन् ।

Leave a Reply

%d bloggers like this: